मानव सेवा आश्रमले चौतर्फी दबाबपछि बेसहाराको गर्यो उद्दार

विभिन्न संचार माध्यम माफर््त व्यापक विरोध भएपछि हेटौंको मानव सेवा आश्रमले एक बेसहाराको उद्दार गरेको छ । हेटौंडाको सडकमा बेवारिशे अवस्थामा रहेका एक बेसहारा व्यक्तिको मानव सेवा आश्रमले हिजो सााझ उद्दार गरिएको हो ।
करिव विगत ३ साता देखि हेटौंडाको सडकमा पेटीमा बेवारिशे अवस्थामा बस्दै आएका ती व्यक्तिको उद्दारमा मानव सेवा आश्रमले उद्दार गर्न नमानेको विषयमा विभिन्न संचार माध्यमबाट समाचार प्रकाशन भएपछि उद्दारका लागि बागमती प्रदेश, सामाजिक विकास मन्त्रालय, जिल्ला समन्वय समिति, हेटौंडा उपमहानगरपालिका लगायतका निकायले चौतर्फी दबाब दिएपछि आश्रमले हिजो साँझ उद्दार गरिएको हो ।
हेटौंडाको मानव सेवा आश्रमले जिल्लामा देखिने सडक मानवलाई तत्कालै उद्दार गरी सडक मानवमुक्त बनाउने प्रतिबद्धता पछि मकवानपुरलाई गत बर्ष नै सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गरिएको थियो । यसका लागि प्रदेश सरकारले यसै आर्थिक वर्षमा आश्रमलाई ७५ लाख अनुदान रकम उपलब्ध गराएको थियो भने, विभिन्न संघसंस्था र व्यक्तिहरुले समेत नगद तथा जिन्सी उपलब्ध गराउँदै आएका छन् । जिल्लामा विभिन्न कारणले सडकमा आईपुगेका व्यक्तिहरुको उद्दारका लागि आश्रमलाई ४ पांग्रे सवारी साधन समेत उपलब्ध गराएको छ ।
तर सडकमा भएका बेसहारा उनलाई उपमहानगरले ५ दिन अघि उद्दार गरी जिल्ला अस्पताल पुर्याई स्वास्थ्य परीक्षण पश्चात आश्रमलाई आश्रय दिन गरिएको आग्रहलाई समेत अटेर गरेको थियो । मानव सेवा आश्रमले आश्रय नदिएका ती व्यक्ति ४ दिन अघि पुनः सडकमै आईपुगेका थिए ।
हेटौंडा जिल्ला अस्पतालले सबै परीक्षण गरेको, मानसिक अवस्था बाहेक अन्य केही नरहेको जीकिर गरेतापनि हाल कोरोनाको जोखिम बढेको र आश्रय लिईरहेकालाई प्रभाव पार्न सक्ने भन्दै मानव सेवा आश्रमले उद्दार गर्न नसकिने बताउँदै आएको थियो ।











