रौतहटका सवारी चालकको अभियान, पैदल यात्रुलाई सवारी सुविधा

सरकारले कोरोना भाइरस रोकथामको लागि लकडाउन गरेका ३० दिन पुगेको छ । यहीँक्रममा दैनिक ज्यालदारी गर्ने सयौँका संख्यामा पैदलयात्रुहरु विभिन्न स्थानबाट हिडेरै आफ्नो गन्तव्यमा पुगिरहेका छन् । पैदल यात्रुहरुको व्यवस्थापन र सुरक्षित गन्तव्यमा पु¥याउन राज्यले कुनै पनि ठोस निति र योजना ल्याएको छैन् । बरु विभिन्न स्थानमा स्थानिय सर्वसाधरणहरुले उनीहरुलाई सकेको मद्धत र उद्धार गरिरहेका छन् ।
जिल्लाको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिका वडा नम्बर २ का सवारी चालकहरु पनि यस्ता पैदलयात्रुहरुलाई सहयोग गर्न लागिपरेका छन् । सयौँ किलोमिटर हिडेर घर फर्कन लागेका पैदलयात्रुहरुको पिडा विभिन्न संचार माध्यमहरुमा देखेपछि उनीहरुलाई सहयोग गर्न सवारी चालकहरुले सुरुवात गरेका छन् ।
सवारी चालकहरु राजु परियार , नरराज आचार्य,राहुल घिसिङ ,रुद्र मानन्धर लगायतले स्वतः स्र्फुत रुपमा पैसा उठाएर पूर्व–पश्चिम राजमार्ग अन्र्तगतको चन्द्रनिगाहपुर सडकखण्ड हुँदै विभिन्नगन्तव्यमा हिडेका पैदल यात्रुहरुका लागि चाउचाउ, चिउरा, पानीको व्यवस्था गरेका छन् ।
त्यति मात्र नभई उनीहरुले प्रहरीको सहयोगमा पैदल यात्रुहरुलाई राजमार्गमा चलेका विभिन्न सवारी साधनहरुमा चढाएर गन्तव्यमा पु¥याउन मद्धत गरिरहेका छन् ।
सवारी चालकहरुले सुरुवात गरेको यो अभियानमा अहिले स्थानियहरु पनि जोडिएका छन् । उनीहरुले पनि चालकहरुको यो अभियानमा सहभागिता जनाउन पानी, चाउचाउ, चिउराहरु सहयोग गर्न सुरु गरेका छन् । कतिले नजिकको गन्तव्य सम्म जानका लागि सवारी साधनको पनि व्यवस्था गरिदिन थालेका छन् ।
यो समाचार रौतहटका सञ्चारकर्मी अनमोल कार्कीको सहयोगमा तयार पारिएको हो ।