उदयपुरका ११ जना कोरोना संक्रमित मध्ये ५ जना एकै परिवारको सदस्य र नातेदार
हेटौडा न्युज
१० बैशाख २०७७, बुधबार २०:५८
उदयपुरको भुल्केका ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । संक्रमित ११ जनामध्ये ५ जना एकै परिवारको रहेको खुलेको छ ।
मंगलबारसंक्रमण पुष्टि भएका ११ जनामध्ये एउटै परिवारका ४१ वर्षीय दाजु, १८ वर्षीय छोरा, ३६ वर्षीया बहिनी, ४० वर्षीय ज्वाई र १८ वर्षीय भाञ्जा रहेका छन् ।
गाईघाट बजारमा व्यवसाय गर्दे आएका बहिनी लकडाउनका कारण ज्वाईसहित माइतीमा बस्दै आएकी थिइन् ।