भारतीय क्वारेन्टाइनमै किरिया बस्दै तीन दाजुभाई

भारतीय क्वारेन्टाइनमै बाबुको किरिया बसिरहेको तीन दाजुभाइ नेपाल आँउन पाएका छैनन् । बाबुको निधन भएको चार दिन बितिसकेतापनि नेपाल प्रवेश अनूमति प्राप्त नभएको हो । एकै परिवारका यी तीन दाजुभाई भारतको पिथौरागढस्थित गभर्मेन्ट इन्टरमेडियट कलेजमा बनाइएको क्वारेन्टाइनमा किरिया बसिरहेका छन् ।
जिल्लाको पुर्चौडी नगरपालिकाका प्रेम धामी,अम्मर धामी र राम धामीले बाबुको आइतबार निधन भएको हो । यता जिल्ला प्रशासन कार्यालय बैतडीले उनीहरुलाई बुधबार नेपाल भित्र्याइने तयारी भएको जनाएको छ । स्वास्थ्य चेकजाँच लगायतका सम्पूर्ण प्रकृया पुर्याएर नेपाल ल्याउन तयारी भइरहेको जनाईएको छ ।
पाँचमध्ये तीन दाजुभाई कोरोना संक्रमण फैलिएपछि भारतबाट नेपाल फर्कँदै थिए । नेपालमा लकडाउन लागेपछि उनीहरू भारतीय क्वारेन्टाइनमै रोकिएका हुन् ।










