डिस्चार्ज भए तेस्रो कोरोना संक्रमित 

हेटौडा न्युज
१० बैशाख २०७७, बुधबार २२:१७
;

सुदूरपश्चिमका तेस्रो कोरोना भाइरस संक्रमित व्यक्ति पनि डिस्चार्ज भएका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–९ का ४० वर्षीय इन्द्र बिकलाई अस्पतालले डिस्चार्ज गरेको हो । 

भरतको उत्तराखण्डबाट फर्किएका उनमा चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो।

यसअघि कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय राज बिक र धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय अमृत शाही डिस्चार्ज भएर घर फर्किसकेका छन्  । 

सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका– ५ कि ३४ वर्षीया महिला र लम्की चुहा नगरपालिका वडा– १ कि ५२ वर्षीया महिलाको उपचार भइरहेको छ ।

इन्द्रसँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ६ पुगेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*