नेपालमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो

हेटौडा न्युज
१० बैशाख २०७७, बुधबार २२:३०
;

नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको बताएको हो । 

मन्त्रालयले बीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षण गरिएका मध्ये थप ३ जनामा कोरोनो पोजिटिभ देखिएको बताएको हो । 

बुधबार मन्त्रालयले नियमित मिडिया ब्रिफिङका क्रममा २४ वर्षीय पुरुष, ६० वर्षीय पुरुष र ७२ वर्षीया पुरुषमा देखिएको बताएको हो । उनीहरुको थप विवरण खुलाइएको छैन ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार हाल उनीहरु क्वारेन्टाइन्मा रहेको र अस्पताल ल्याउने तयारी गरिरहेको बताएका छन्।

हाल नेपालमा ७ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। आज सेती अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र टेकु अस्पतालमा उपचाररत ३२ वर्षीय पुरुष डिस्चार्ज हुने मन्त्रालयले जनाएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*