तिब्बत सरकारले दिएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो
तिब्बत सरकारले नेपाललाई दिएको अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले कोरोना भाइरस नियन्त्रणका लागि नेपाललाई दिएको करिब सवा ८ करोड रुपैयाँको स्वास्थ्य सामग्री बुधबार नेपाललाई हस्तान्तरण गरिएको हो।
ती सामान बुधबार साँझसम्म काठमाडौं आइपुग्ने छन्।
तातोपानीमा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ विशेषज्ञ रोशन पोख्रेललाई चिनियाँ पक्षले उक्त सामग्री हस्तान्तरण गरेको हो।
गत चैत २८ गते तिब्बत सरकारले ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो।
नेपालाई प्रदान गरेको सामग्रीमा १० हजार थान एन–९५ मास्क, १० हजार थान पिपिई, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, २ थान पीसीआर मेसिन, २० हजार थान टेस्टिङ किट र ५० थान वेट वाइप लगायत छन्।