समाजवादी पार्टी र राजपा बिच पार्टी एकीकरण, नाम जनता समाजवादी पार्टी रहने
बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टी बीच पार्टी एकीकरण भएको छ । जनता समाजवादी पार्टी, नेपाल नाम रहने गरी दुई पार्टीले एकीकरणका लागि सहमती गरेका हुन् ।
समाजवादी पार्टीका तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ तथा राजपाका तर्फबाट महन्त ठाकुर, महेन्द्र राय यादव र शरत सिंह भण्डारीले संयुक्त रुपमा एकीकरण सम्झौता पत्रमा हस्ताक्षर गरी पार्टी एकीकरण गरेका हुन ।
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै दुई दलले आ–आफ्नो पार्टीलाई सम्भावित विभाजनबाट जोगाउन पार्टी एकीकरण गरेका हुन् ।