गाडीमा गाउँ फर्किनेको कोचाकोच, प्रधानमन्त्री असन्तुष्ट

हेटौडा न्युज
११ बैशाख २०७७, बिहीबार १२:५१
;

लकडाउनमा अलपत्र श्रमिक, मजदुर तथा विद्यार्थी गाउँ फर्किन थालेका छन् । लकडाउन लम्बिँदै गएपछि राजनीतिक पहुँचका आधारमा गाउँ फिर्ता गर्ने काम भइरहेको छ ।

मन्त्री, नेता, सांसद तथा कतिपय नगरपालिका र गाउँपालिकाको अगुवाइमा गाउँ फर्काउने क्रम चले पनि प्रधानमन्त्री केपी शर्मा ओली भने असन्तुष्ट रहेको पाइएको छ ।

सरकारले लकडाउन घोषणा गर्दा ‘जो जहाँ छ, त्यहीं बस्न ’ निर्देशन दिएको थियो । प्रधानमन्त्री ओलीले पछिल्लो पटक ‘कसैलाई पनि उपत्यका बाहिर जान नदिन र कसैलाई समस्या परेको भए त्यहीँ व्यवस्थापन गर्न’ निर्देशन दिएका थिए ।

सरकारको निर्देशन विपरीत धमाधम गाउँ पठाउने काम भएपछि प्रधानमन्त्री ओली असन्तुष्ट बनेका हुन् । 

स्रोतः राजधानी दैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*