आज आमाको मुख हेर्ने दिन

हेटौडा न्युज
११ बैशाख २०७७, बिहीबार १३:११
;

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदै छ । जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र कृतज्ञता व्यक्त गर्दै प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन यो पर्व मनाइन्छ ।

आजका दिन छोराछोरीले आमालाई मीठामीठा परिकार बनाई खुवाउने र उपहार दिएर आशिर्वाद लिने चलन छ । विवाह गरी गएका चेली आज आमाको मुख हेर्न माइती आउँछन् । 

आमा हुनेहरुले आजका दिन मीठा–मीठा परिकार र वस्त्र आमालगायत गुरुआमा, सासू र काकीहरूलाई दिई आशीर्वाद लिन्छन् ।

घर परिवारमा आमासँगै रहेका र आवश्यकता परिपूर्ति गर्न देश विदेशमा आमासँग टाडा रहेर आमाको न्यानो मायाको न्यास्रो लाग्नेहरुलाई आमाको महत्व धेरै हुन्छ ।

अझ भन्नुपर्दा आफू सानु छँदा आमा स्वर्गलोक हुनेहरुलाई भने वास्तवमै आमाको अभाव सधैभरि खट्कि रहन्छ । हाम्रो घर,परिवार र समाजमा कतिपयले आमाको मुख वा आमाको मायाको अनुभव गर्नै नपाई आमा स्वर्गवास हुनु भएको छ ।

कसैलाई आमाको अनुहार अलिअलि थाहा छ तरपनि अहिले आमाको तस्वीर हेरेर चित्त बुझाउन बाध्य हुनुपरेको छ ।
हो हरेक वर्षको बैशाख कृष्णपक्षको औंशीमा आमाको मुख हेर्ने चलन रहेको छ, आजको यस दिनलाई मातातीर्थ औंशी, मातृऔंशी एवं मातृ दिवस पनि भन्ने गरिन्छ ।

आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ ।

विवाह गरेरे आफ्नो घर गएका छोरीहरु पनि आमाको मुख हेर्न टाडा टाडाबाट भेट्न आउछन् । आमालाई भेट्न नपाउनेहरुले फोनबाट वा सामाजिक सञ्जालमार्फत आमालाई सम्झिने गर्दछन् ।

पौराणिक कालदेखि नै मनाउँदै आएको आमाको मुख हेर्ने दिन आमाले गरेका महान् कष्ट र पूर्णकामहरुको सम्झना गरिन्छ ।विशेष गरि आजको कुरा गर्ने हो भने विश्वमा कोरोना भाईरस फैलिरहेको बेला सन्तानले आमालाई सम्झने र आमाले सन्तानलाई सम्झने हरुका लागि समय व्यतित गर्न गाह्रो भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*