यस्तो छ आजको मौसम पूर्वानुमान

हेटौडा न्युज
११ बैशाख २०७७, बिहीबार १३:५४
;

देशभर हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । 

यसैगरी, हाल देशका पहाडी भू–भागमा सामान्य र तराईका भू–भागमा आंशिकदेखी सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य  बदली रहने छ । देशका पहाडी भू–भागका धेरै स्थानहरुमा र मध्य र पश्चिमी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राति देशभर आंशिक देखि सामान्य  बदली  रहि पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा र मध्य र पूर्वी भू–भागका थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*