विश्वभर कोरोनाको कारण १ लाख ८४ हजार बढीको मृत्यु, २६ लाख ३७ हजार बढी संक्रमित
कोरोना भाइरसको कारण विश्वमा अहिलेसम्म १ लाख ८४ हजार २ सय २५ को मृत्यु भएको छ । त्यस्तै ७ लाख १७ हजार ७ सय ९० जना उपचार पछि निको भएका छन् भने ५६ हजार ६८० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । २६ लाख ३७ हजार ७ सय १८ जनालाई संक्रमण भएको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण ४७ हजार ६ सय ७६ जनाको मृत्यु भएको छ भने ८ लाख ४८ हजार ९ सय ९४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आजमात्रै कोरोना भाइरसका कारण १७ जनाको ज्यान गईसकेको छ भने आज नै २७७ जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकामा १४ हजार १६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै अमेरिकाको न्युयोर्कमा अहिलेसम्म कोरोना भाइरसको कारण २० हजार ३५४ जनाले ज्यान गुमाएका छन् भने २ लाख ६२ हजार २६८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्युजर्सीमा ५ हजार ६३ जनाको ज्यान गएको छ भने ९५ हजार ८६५ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा बुधवार मात्रै कोरोना भाइरसको महामारीका कारण २ हजार ३४१ जनाको ज्यान गएको छ भने बुधवार नै अमेरिकामा २९ हजार ९७३ जना नयाँ संक्रमित थपिएका छन् ।