सामुहिक बलात्कारमा संलग्न चार जना प्रहरी नियन्त्रणमा 

हेटौडा न्युज
११ बैशाख २०७७, बिहीबार १५:३५
;

मोरङमा सामुहिक बलात्कार घटनामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मोरङको बुढीगंगा गाँउपालिकामा करिब ३ महिनाअघि भएको बलात्कार घटनामा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको हो।

सामूहिक बलात्कारमा संलग्न भएको आरोप लागेका चारै जनालाई बुधबार गाँउपालिका क्षेत्रबाट पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ पर्नेमा गाँउपालिकाका स्थानीय २० वर्षीय कुमार राई, १९ वर्षीय सन्देश लिम्बू, किशोर राई र लक्ष्मण राई रहेको प्रहरीले बताएको छ । घटनमा संलग्न अर्का एक आरोपी रोशन मगर भने फरार रहेको प्रहरीको भनाई छ ।

गत वर्षको माघ १५ गते भैरहवा घर भई बुढीगंगास्थित आफन्तको घरमा आएकी १७ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा उनिहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेका चारै जना विरुद्ध प्रहरीले जवरजस्ती करणी मुद्दामा म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाउने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*