प्रर्दशनमा उत्रियो नेविसंघ
सरकारले ल्याएको अध्यादेश खारेजीको माग गर्दै नेपाली काँग्रेससम्बध नेपाल विद्यार्थी संघ प्रदर्शनमा उत्रेका छन् । बिहीबार बिहान नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समुहले संघिय संसद भवान अगाडिको सडकमा केहिबेर प्रदर्शन गरेको हो ।
नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष रञ्जीत कर्णको अगुवाइमा प्रर्दशनमा उत्रिएको विद्यार्थी समुहले आजबाट नियमित रुपमा सरकारको बिरोधमा ठाउँ ठाउँमा प्रदर्शन गर्ने जनाइएको छ ।
विरोधका क्रममा संविधानविपरित ल्याइएको अध्यादेश फिर्ता गर, केपी ओली सत्ताको उन्मादमा जनता कोरोनाको त्रासमा लगायतका नारा लगाएका थिए ।











