पटका पड्काँउदा हातको औँला चुँडियो
११ बैशाख २०७७, बिहीबार १६:०३
गोरखाको शहीद लखन गाउँपालिका–७ स्थित गरन्जागाउँमा पटका पड्काउँदा एक युवक घाइते भएका छन् ।
घाइते युवकको हातको औँला चुँडिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले जानकारी दिए।
बुधवार साँझ करिब साढे ७ बजेको समयमा घरमा राखिएको पटका हातमा राखेर खेलाउने क्रममा पड्किएर २० वर्षीय अनिल थापा घाइते भएको एसपी अधिकारीले बताए। रासस











