करीब ४ सय यात्रु लिन १३ वटा बस काठमाडौंमा

हेटौडा न्युज
११ बैशाख २०७७, बिहीबार १८:४१
;

सरकारले देशभर लकडाउन गरेपछि अलपत्र परेका नागरिकलाई हेटौंडा ल्याउन आज १३ वटा यात्रुबाहक बस हेटौंडा काठमाडौं तर्फ गएको छ । लकडाउनले गर्दा काठमाण्डौंमा नै रोकिएका मकवानपुर आउन चाहनेहरुलाई नागरिकलार्ई लिन बस काठमाण्डौं गएको हो । 

मकवानपुरको बागमती गाउँपालिकाले इन्धन खर्च बेहोर्ने गरी पुरानो नारायणी यातायात कम्पनीले निशुल्क रुपमा १० वटा बस काठमाडौंतर्फ पठाईएको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले बताएका छन् ।

त्यसै हेटौंडा उपमहानगरपालिका–१८ बाट पनि ३ वटा यात्रुबाहक बस मकवानपुरका नागरिक लिन काठमाडौं तर्फ पठाईएको छ । नारायणी यातायात कम्पनीले ३ सय लिटर डिजल उपलब्ध गराएर इन्धन बाहेक अन्य सबै खर्च वडा कार्यालयले व्यहोर्ने गरी सो ३ वटा बस काठमाण्डौं पठाएको नारायणी यातायात कम्पनीका महासचिव सरोजकुमार खनालले जानकारी दिएका छन् । 

काठमाण्डौ गएका बसले करीब ४ सय जना यात्रुलाई आजै बेलुका मकवानपुर ल्याउने बताईएको छ । उद्दार गरी ल्याईएका सबैको स्वास्थ्य परीक्षण पछि होम क्वारेन्टाईनमा नै राखिने व्यवस्था गरिएको बताईएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*