मकवानपुर बहुमुखी क्याम्पसमा “जुम”बाट कक्षा संचालन

हेटौडा न्युज
११ बैशाख २०७७, बिहीबार १९:३९
;

देश लकडाउनको अवधिमा रहेका कारण देश भरका शैक्षिक संस्थाहरु बन्द रहे पनि मकवानपुरको मकवानपुर बहुमुखी क्याम्पसमा भने प्रविधिको प्रयोग गरी कक्षाहरु संचालन भइरहेको छ । सरकारले कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि चैत ११ गते देखि देश भर लकडाउन गरे पछि देश भरका शैक्षिक संस्थाहरु बन्द रहे पनि मकवानपुर बहुमुखी क्याम्पसले अनलाइन माध्यमबाट पठनपाठन संचालन गरेको हो । 

""

क्याम्पसले दैनिक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म स्नातक तहका बि.बि.ए, बि.बि.एम तथा स्नातकोत्तर तहका एम.बि.एस र एम.ए.का कक्षाहरु अनलाइन माफ्र्त संचालन गरेको हो । क्याम्पसले “जुम एप्लिकेशन” मार्फत विषयतग शिक्षकहरुले अध्यापन गराईरहेका छन् । 

""

क्याम्पसमा अध्ययनरत करीब ३ सय ५० जना विद्यार्थीहरु घरमै बसेर विषयगत शिक्षकहरुबाट अनलाईन मार्फत प्रत्यक्ष अध्ययन गरिरहेको बिबिए, बिबिएमका कार्यक्रम निर्देशक मधुकुमार सिंहले बताएका छन् । 

अनलाईन कक्षाका लागि क्याम्पसले अतिरिक्त शुल्क नलिएको र विद्यार्थीहरुको शैक्षिक गुणस्तर खस्किन नदिन अनलाईन कक्षा सञ्चालन गरिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलले जनाएका छन् । 

अध्यक्ष पौडेलका अनुसार, लकडाउनले गर्दा विद्यार्थीहरु घरमै खाली बस्ने हुनाले समयको सदुपयोग होस् भन्नका लागि पनि अनलाईन कक्षा सञ्चालन गरिएको बताएका छन् । 

लकडाउन नखुलेसम्म नै अनलाईन कक्षा सञ्चालन हुने क्याम्पस प्रशासनले जनाएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*