राहतमा कुहिएको चामल वितरण गर्ने मेयर धरौटीमा रिहा
राहतमा कुहिएको दाल वितरण गरेको आरोपमा पक्राउ परेका मेयर धरौटीमा छुटेका छन् । पक्राउ परेका बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवसहित ५ जना वडाध्यक्ष, दाल मिलका सञ्चालक,कर्मचारीहरु गरि ११ जना धरौटी तिरेर छुटेका हुन ।
धरौटी तिरेर रिहा हुनेहरुमा मेयर यादवसहित वडा नम्बर १ का वडाध्यक्ष हरिओम सोनार, ७ का सर्फुल्लाह अन्सारी, ११ का सर्वनारायण चौधरी, १३ का राजनप्रसाद कुर्मी, २६ का महेश साह, २७ का रियाजुल अन्सारी,मेयर यादवका काकाको छोरा रविन्द्र यादव, यादव आइस एण्ड कोल्ड स्टोरका कर्मचारी बच्चु यादव, कृष्ण प्रसाद यादव, धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैन रहेका छन् ।
मेयर यादव र धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैन जनही २ लाख ८१ हजार धरौटी तिरेर रिहा भएका हुन । यस्तै वडाध्यक्षसहित अन्य भने जनही ६० हजार धरौटी तिरेर रिहा भएका हुन । वडा नम्बर २० वडा सचिव खेदु मियाँको सँलग्नता नदेखिएपछि उनलाई छाडिएको थियो।