दुई इन्स्पेक्टरले कुटे डिएसपी
दुई इन्स्पेक्टरले डिएसपीमाथि कुटपिट गरेका छन् । बुधबार राति रूपन्देहीको सुनौली राजश्व गुल्मका प्रमुख डिएसपी मानबहादुर शाहीमाथि दुई इन्स्पेक्टरले कुटपिट गरेका हुन् । कुटपिट गर्ने इन्स्पेक्टर केशव भट्टराई र दयाराम पौडेललाई पक्राउ गरिएको छ ।
सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी प्रविन कुमार श्रेष्ठले घटनाबारे अनुसन्धान भईरहेको बताएका छन्ु । छानविन गर्न सशस्त्रले छानविन समिति बनाएको जनाईएको छ ।
इन्स्पेक्टरले मादक पदार्थ सेवन गरेर कुटपिट गरेको हुन सक्ने अनुमान गरिएको छ । डिएसपी शाहीलाई कुनै चोट भने नलागेको श्रेष्ठले बताएका छन् ।










