म्यान क्याच स्टिकले मान्छे समात्दै मकवानपुर प्रहरी

हेटौडा न्युज
११ बैशाख २०७७, बिहीबार २१:५०
;

मकवानपुर प्रहरीले म्यान क्याच स्टिकको सहायताले लकडाउनको अवज्ञा गर्नेलाई नियन्त्रण लिन थालेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडामा लकडाउन उलघंनका घटना बढ्दै गएकोले म्यान क्याच स्टिकको सहायताले नियन्त्रण लिन सुरु गरेको हो । 

लकडाउनका समयमा अत्यावश्यक काम बाहेक अन्य काममा बाहिर ननिस्किन प्रशासनले गरेको आग्रहलाई वेवास्ता गर्दै बजारमा बाहाना बाहिर निस्कने मानिसहरुलाई उक्त स्टिकको प्रयोग गरी नियन्त्रणमा लिने जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले बताएका छन्, ।

""
जथाभावी मानिस नियन्त्रणमा लिँदा प्रहरीमा समेत कोरोना संक्रमणको जोखिम बढेकाले दुरी कायम गरी लकडाउन प्रभावकारी बनाउन सावधानी अपनाएर लकडाउन उलंघन गर्नेहरुलाई स्टिकको सहायताले नियन्त्रण लिन थालेको हो ।

""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*