पुर्व आईजिपी खनाल माथि कारवाहीको माग

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि कारवाहीको माग गर्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा टुइट् गरेका छन् ।
पूर्व महानिरीक्ष्क खनालले समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई जनकपुर पुगेर काठमाडौं ल्याएको स्वीकार गरेकोबारे एक सामाचार सार्वजनिक भएपछि डा. भट्टराईले ट्वीटरमा टुइट् गरेर कारवाहीको माग गरेका हुन् ।
डा भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘देशको पूर्व सुरक्षा प्रमुखले यति गम्भीर कुरामा यस्तो नकच्चरो र काइते तर्क गर्न मिल्छ । अपराध अनुसन्धानका ज्ञाता पूर्व आईजीपीले बताइदिनुपर्यो कुन चोरले शुरूमै आफुले चोरेको स्वीकार गर्छ । यिनले कुन हैसियतमा र कस्को आदेशमा यस्तो हर्कत गर्न तम्से । यसको निष्पक्ष छानवीन र कार्वाही हुनुपर्छ । ’











