नेपालमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४७ पुग्यो
नेपालमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नकपुर र उदयपुरका २ जनामा कोरोना संक्रमण देखिएको बताएका हुन् ।
संक्रमितहरुको र्यापिड परीक्षणमा कोरोना पोजेटिभ आएपछि थप परीक्षणका गरिएको र परिक्षणको रिपोर्ट पोजेटिभ आएको डा. देवकोटाले जानकारी दिए। उनीहरु क्वारेन्टाइनमा रहेकाले उपचारका लागि अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४७ पुगेको छ। यीमध्ये ९ जना उपचारपछि निको भइसकेका छन्।











