लायन्स हेटौंडा भुटनदेवी बजारको अध्यक्षमा सिग्देल, सचीवमा फुयाँल

हेटौडा न्युज
१२ बैशाख २०७७, शुक्रबार ००:३७
;

लायन्स क्लब अफ हेटौंडा भुटनदेवी बजारको अध्यक्षमा प्रमिला घिमिरे सिग्देल चयन भएकी छिन । क्लबको मंगलबार भिडियो कन्फ्रेन्सबाट भएको वार्षिक साधारण सभाबाट आउदो लायन्स वर्ष २०२०/२१ का लागि सिग्देलले क्लबको नेतृत्व गर्ने भएकी छिन ।

समाजिक सेवामा समर्पित क्लबको सचिवको जिम्मेवारी शिरीष फुयाँलले पाएकी छिन भने कोषाध्यक्षमा रेखा पाठक चयन भएकी छिन । क्लबको प्रथम उपाध्यक्षको जिम्मेवारी सुनिता नकर्मीलाई दिएको र अन्य पदहरु क्लबको प्रथम बैठकबाट मनोनित गरिने छ ।

""

क्लबकी निवर्तमान अध्यक्ष लायन रजनी तिवारीले लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ एरिया २ अन्तर्गत पर्ने यस क्लबको नयाँ कार्य समितिले लायन्सको मर्मलाई आत्मसात गर्दै सामाजिक सेवा सदैव काम गर्ने अपेक्षा सहित सफल कार्यकालको शुभकामना दिएकी छिन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*