हेटौंडाको विभिन्न स्थान कन्ट्याक्ट्लेस हात धुने धारा

हेटौडा न्युज
१२ बैशाख २०७७, शुक्रबार ०२:०२
;

हेटौंडाका विभिन्न स्थानमा कन्ट्याक्ट्लेस (खुट्टाको प्रेसरले) हात धुने धारा जडान गरिएको छ । हेटौंडा उपमहानगरपालिका क्षेत्रका ब्यस्त चोक बुद्ध चोक, बसपार्क, हेटौंडा अस्पताल र मानस चोकमा हात धुने धारा सहित पानी ट्यांकी राखिएको हो ।

""

हेटौंडाका सम्पुर्ण लायन्स तथा लियो क्लबको सम्योजन तथा गोदावरी स्टिल्स प्रा.ली, लायन सरोज पोखरेल र लायन रविन्द्र घिमिरेको सौजन्यमा पानी ट्यांकी राखिएको हो ।

हेटौंडा उपमहानगरपालिकाकि उपमेयर मिना लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल लगायतले संयुक्त रुपमा धाराको उद्घाटन गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाले स्थानीय निकायले पनि यस्ता सहयोगी संस्थासंग मिलेर विकास निर्माणका कामहरु गर्ने प्रतिबद्धता समेत जाहेर गरिन । लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका प्रथम भाइस गभर्नर लायन शम्भु नकर्मीले लायन्स क्लबको उद्देश्य र सामाजिक र विपदको बेला लायन्स क्लबको भुमिकाको बरेमा प्रस्ट्याएका  थिए ।

नकर्मीले अबको केहि दिनमा थप ४ वटा धाराहरु जडान गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*