मोटरसाईकल दुर्घटना हुँदा ३० वर्षीय श्रेष्ठको मृत्यु

हेटौडा न्युज
१२ बैशाख २०७७, शुक्रबार १३:०७
;

भक्तपुरमा मोटरसाईल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  दुर्घटना हुँदा मध्यपुरथिमि नगरपालिका–५ का ३० वर्षीय अजय श्रेष्ठको मृत्यु भएको हो ।  मध्यपुरथिमी नगरपालिका– ३ कौशलटारमा बा ३९ प ५७४१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि मध्यपुर अस्पताल पुर्याइएको थियो । उपचार कै क्रममा उनको मृत्यु भएको हो ।

पानी परेर चिप्लो भएको सडकमा तीब्र गतिमा गुडाउँदा अनियन्त्रित भएर मोटरसाइकल पल्टिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*