एनप्याब्सनका उपाध्यक्ष मृत अवस्थामा फेला

हेटौडा न्युज
१२ बैशाख २०७७, शुक्रबार १४:५४
;

कैलालीमा व्यक्ति मृत अवस्थामा फेला परेका छन् । निजी विद्यालयहरुको छाता संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल मृत अवस्थामा फेला परेका हु्न् । गौरीगंगा नगरपालिका–९ बस्ने ४० वर्षीय भुसालको शव बिहिबार राती  घोडाघोडी नगरपालिका–१० पहलवानपुर बजारबाट करिब एक किलोमिटर पश्चिमम फेला परेको हो ।

गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक समेत रहेका भुसालको आँखा, मुख र घुँडामा चोट देखिएको प्रहरीले जनाएको छ । 

दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरलिे जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिएका छन् । 

स्थानीयबासीले भने उनको हत्या भएको भन्दै दोषीलाई पक्राउ गर्न माग गरेका छन्  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*