राष्ट्रपति भण्डारीद्वारा दुवै अध्यादेश खारेज
हेटौडा न्युज
१२ बैशाख २०७७, शुक्रबार २१:२६
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गरेकी छिन् । सरकार ल्याएको दुई अध्यादेश राष्ट्रपति भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् ।
सरकारले यही वैशाख ८ गते राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको थियो ।
तर, पार्टी र जनस्तरबाट सरकारको आलोचना भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।