कोरोना संक्रमित कुन जिल्लामा कति ?

विश्वलाई नै आक्रान्त बनाईरहेको कोरोना भाईरस (कोभिड–१९) ले नेपालमा समेत चुनौती बन्दै गएको छ । कोरोना संक्रमण रोकथामका लागि नेपाल सरकारले गत चैत्र ११ गतेदेखि देशैभर लकडाउन समेत गरेको छ । अत्यावश्यक बाहेक सबै क्षेत्र बन्द भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमित संख्या ४८ पुगेको छ । जिल्लागत रुपमा उदयपुरमा सबैभन्दा बढी २८ जना संक्रमित भएका छन् । उदयपुरपछि काठमाडौंमा ४ जना, कैलालीमा ४ जना, पर्सामा ३ जना, बाग्लुङमा २ जना, चितवनमा २ जना, कास्किमा १ जना, कञ्चनपुरमा १ जना, रौतहटमा १ जना, धनुषामा १ जना र भोजपुरमा १ जना गरी ४८ जना कोरोना भाईरसबाट संक्रमित भएका छन् ।
संक्रमित ४८ जना मध्ये आज शुक्रबार सम्ममा १० जना उपचार पछि घर फर्किसकेका छन् ।











