रमजान महिनामा घरमै नमाज पढ्न अध्यक्ष अन्सारीको आग्रह

हेटौडा न्युज
१२ बैशाख २०७७, शुक्रबार २२:५४
;

मुस्लिम आयोगले जमातीका कारण ठुलो संख्यामा कोरोना संक्रमण भएको प्रति आफूहरु गम्भीर भएको बताएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा बोल्दै आज मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले जमातीको कारण कोरोना संक्रमण भएको प्रति आफूहरु गम्भीर भएको बताएका हुन् ।

अध्यक्ष अन्सारीले रमदानको समयमा पनि घरमै नमाज पढ्न र कोरोना भाइरसका कारण मुस्लिम समुदायलाई लकडाउनको पूर्ण पालना गर्न भन्दै सामाजिक दुरी कायम गर्न आग्रह गरेका छन् । 

मस्जिदमा धर्म गुरु र केही कर्मचारी बसेकोमा सचेत गराएको र बसेका सबैको स्वाब टेष्ट गरिएको उनले बताए । मस्जिद मदरसामा केही छुटेको र फसेको भए अबिलम्ब गएर सरकारलाई सहयोग गर्न आग्रह गरे ।

मुस्लिम समुदायले अहिलेको अवस्थामा सहयोग गर्नुपर्ने उनले बताए । मस्जिदमा धर्म गुरु र आवश्यक कर्मचारी बाहेक कोही नबस्न आग्रह गरे ।

जमातीको ठूलो संख्याले उदयपुर र वीरगञ्जमा कोरोना भाइरसको संक्रमण फैलिएको बताइदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*