झाँक्रीको ट्वीटः अध्यादेश फिर्ता भयो नैतिक प्रश्न बाँकी
अध्यादेश बारेमा सुरुदेखि नै विरोध गर्दै आइरहेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले नैतिकता अन्त कतै नभएको भन्दै ट्वीटर मार्फत प्रश्न गरेकी छिन् ।
झाँक्रीले राजनीतिमा नैतिकता हुन्छ भनेर शिक्षा दिने क. माधव नेपाल र अनाहकमा ग़लत अर्थ लगाएर राजिनामा दिन बाध्य पारिएका क. शेरबहादुर तामाङले नैतिकता आफूमा मात्र सिमित गर्नु भएको भन्दै प्रश्न गरेकी छिन् ।
अध्यादेश जारी लगत्तै झाँक्रीले ट्वीट गरेकी थिइन् ।