कोरोना पुष्टिपछि भोजपुरको तीन गाँउपालिका शिल 

हेटौडा न्युज
१२ बैशाख २०७७, शुक्रबार २३:५५
;

भोजपुरका एक युवकमा कोरोना पुष्टि भएपछि त्यहाँको तीन गाउँपालिकाको नाका शिल गरिएको छ । जिल्लाको हतुवागढी गाउँपालिकाका २६ वर्षीय युवामा कोरोना पुष्टि भएपछि सिमा नाका शिल गरिएको हो ।

भोजपुरको हतुवागढी, आमचोक, पौवा दुङ्मा गाउँपालिकाको नाका शिल गरिएको हो । पालिकाको सिमानाका शिल गरेपछि गाउँपालिका प्रवेश गर्न र बाहिरीन पूर्ण रुपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिएका छन् । 

आज बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले धनकुटा, खोटाङ,उदयपुर र सङखुवासभा जिल्लाबाट भोजपुर प्रवेश गर्ने सबै नाकामा कडाई गरिने निर्णय गरेको छ । 

संक्रमित युवालाई उपचारका लागि विराटनगर लगिने जनाइएको छ । कोरोनाबाट संक्रमित युवा गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएको बताइएको छ । उनको ट्राभल हिस्ट्रीको आधारमा कोरोना भाइरस परिक्षणको सिमाना बढाउने जनाइएको छ ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*