६२ वर्षीय पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ४९

हेटौडा न्युज
१३ बैशाख २०७७, शनिबार १३:०३
;

 झापाका ६२ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । शुक्रबार धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा ती पुरुषमा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दमक बस्ने ती पुरुषलाई अहिले आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ। उनको विषयमा थप विवरण आउन बाँकी छ। बिहीबारसम्म नेपालमा ४८ जनामा कोरोना पुष्टि भएको थियो। जसमध्ये १० जना निको भएका छन् भने अन्य ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

अहिलेसम्म आरडीटी विधिबाट ३८ हजार ८९ र पीसीआर विधिबाट ९ हजार ४०७ गरी जम्मा ४७ हजार चार सय ९६ जनाको नमुना परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका  अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ७ सय ९१ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ। अहिले क्वारेन्टाइनमा १२ हजार ९ सय ८५ जना रहेका छन् भने उपत्यकामा ३ र बाहिर ८६ गरेर ८९ जनाको आइसोलेसनमा उपचार भइराखेको छ।  

बिहीबार धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाबको रिपोर्ट पोजिटिभ देखिएका भोजपुरका २६ वर्षीय पुरुष फागुन ३० मा साउदीबाट आएको खुलेको छ। हिमालयन एयरलाइन्समा फर्किएका उनी अहिले हतुवागढीमा चिकित्सकको निगरानीमा रहेको र विराटनगर ल्याउने तयारी भइरहेको छ। 

स्रोतः अन्नपूर्णपोष्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*