बर्दिबासमा बस दुर्घटना एकको मृत्यु, एक घाईते 

हेटौडा न्युज
१३ बैशाख २०७७, शनिबार १५:०५
;

बर्दिबासमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् । दुर्घटना हुँदा तामाकोशी–३ दोलखा घर भएका २२ वर्षीय प्रदिप बिश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । 

लकडाउनका बेला काठमाडौँमा अलपत्र परेका ३५ जना यात्रुलाई लिएर उदयपुरको चौरन्दी नगरपालिकातर्फ गईरहेको बा ३ ख ४०३६ नम्बरको बस दुर्घटना भएको हो । 

ईलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार महोत्तरीको बर्दिवास नगरपालिका –३ स्थित पाटुको घुम्तीमा शनिवार बिहान बस दुर्घटना भएको  हो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*