बागलुङकी एक कोरोना संक्रमित युवती अस्पतालबाट डिस्चार्ज

हेटौडा न्युज
१३ बैशाख २०७७, शनिबार १५:५४
;

कोरोना भाइरस संक्रमण भएर उपचाररत बागलुङकी १९ वर्षिया युवती अस्पतालबाट डिस्चार्ज भएकी छिन्। आफुमा कोरोना संक्रमण देखिएपछि बागलुङस्थित धौलागिरी प्रादेशिक अस्पतालमा उपचाररत १९ बर्षिया युवतीको दुईपटक कोरोना भाइरस परीक्षण रिपोर्ट नेगिटिभ आएपछि आज अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

गत चैत  १५ गते कोरोना संक्रमण भएको पुष्टि भएको ती युवतीको करिब एक महिनाको उपचारमा पछिल्लो दुईपटक कोरोना भाइरस परीक्षण रिपोर्ट नेगिटिभ आएको हो । रिपोर्ट नेगेटिभ आएपछि युवतीलाई अस्पथालबाट डिसचार्ज गरीएको हो ।

 उनी गत ४ चैतमा बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी थिइन। उनीसँगै ४ चैतमा बेल्जियमबाट आएकी ६५ बर्षीया वृद्धामा पनि संक्रमण देखिएको थियो। ती वृद्धा ६ वैशाखमै अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन्।

काठमाडौं र बाग्लुङमा कोरोना संक्रमण भएर उपचाररत सबै व्यक्ति निको भएर घर फर्किएका छन्। नेपालमा ४९ जना व्यक्तिमा संक्रमण देखिएको थियो जसमध्ये ११ जना व्यक्ति निको भइ घर फर्किसकेका छन्।

हालसम्म  काठमाडौं, बाग्लुङ, पर्सा, जनकपुर, उदयपुर, भोजपुर, कैलाली, चिवतन, कञ्चनपुर, धादिङ, रौतहट र झापामा कोरोना भाइरसका संक्रमित देखिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*