जिल्लाको नेपाल भारत सीमा क्षेत्रको क्वारेन्टिनको सुरक्षामा खटिएका एक प्रहरी जवानको मोटरसाइकल दुर्घटना निधन भएको छ ।
क्वारेन्टिनको ड्युटी सकेर मोटरसाइकलमा घर फर्कने क्रममा शनिबार बिहान भएको दुर्घटना उनको मृतयु भएको हो ।
ड्युटी सकेर भे ३ प ३९ नं को मोटरसाइकलमा निवास फर्कनेक्रममा प्रहरी जवान सुवास सार्कीको राँझाचोक नजिकै सडकको डिभाइडरमा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरी कार्यालय मुद्दा शाखा इञ्चार्ज प्रहरी निरीक्षक हृदयेन्द्र सापकोटाले शनिबार बिहान करिब ३ बजे सो दुर्घटना भएको जानकारी दिए । रासस
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *