१०० शय्याको कोरोना विशेष अस्पताल बनाइँदै
१३ बैशाख २०७७, शनिबार २०:३५
धरानमा एक साता भित्र सञ्चालनमा ल्याउने गरी कोरोना विशेष अस्पताल बनाउन सुरु गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुनःस्थापना केन्द्रलाई १०० शय्याको कोरोना विशेष अस्पताल बनाउन सुरु गरिएको हो ।
कोरोनाको संक्रमणको रद बढ्दै गएपछि पहिलो चरणमा १०० शय्यासहितको ‘आइसोलेसन’ कोरोना उपचार केन्द्र निर्माण गरिने अस्पतालले जनाएको छ ।
प्रदेशमा हालसम्म २९ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।











