लियो हेटौंडा पाथीभराको अध्यक्षमा अर्याल, सचीवमा चौलागाँई
लियो क्लब अफ हेटौंडा पाथीभराको अध्यक्षमा अस्मिता अर्याल चयन भएकी छिन् । क्लबको आज शनिबार भएको पाचौं साधारण सभाबाट लायन्स बर्ष २०२०र२१ को लागि सर्वसम्मत रुपामा अर्याल अध्यक्षमा चयन भएकी हुन् ।
क्लबको प्रथम उपाध्यक्षमा स्वीकृति केसी चयन भएकी छिन् भेने, सचिवको जिम्मेवारी बिना चौलागाईंले पाएकी छिन् । सभाले क्लबको कोषाध्यक्षमा हेलन राजबहाकलाई चयन गरेको छ ।
क्लबको अन्य पदाधिकारी भने प्रथम बैठकबाट मनोनित गरिने छ ।
सो लियो क्लब लियो जिल्ला परिषद ३२५ बी २ नेपाल एरिया १ को एक मात्र महिलाले मात्र सदस्यता पाउने क्लब हो ।