रातोमाटेमा सेनिटाईज मेशिन जडान, गाडीको लागि कहिले ? 

हेटौडा न्युज
१३ बैशाख २०७७, शनिबार २०:५९
;

तराई तथा भारतबाट मकवानपुर जिल्ला प्रवेश गर्ने मुख्य नाका रातोमाटेमा हिजो शुक्रबारबाट सेनिटाईज मेशिन जडान गरिएको छ । प्रदेश २ का बारा, पर्सा, रौतहटसहित भारतबाट समेत आउने मुख्य नाकामा सो मेशिन जडान गरिएको हो । 

हेटौंडा उपमहानगरपालिकाको पहलमा करीब १ लाख ६० हजार रुपैयामा मेशिन ल्याएको हो । सो नाका भएर जिल्ला प्रबेश गर्ने सबैलाई मेशिन मार्फत सेनिटाईज गरिने छ, भने एकै पटकमा ४ जनासम्मलाई सेनिटाईज गर्न सकिने जनाईएको छ । दैनिक २ हजार जनासम्मलाई सेनिटाईज गर्न सकिने सो मेशिनको क्षमता २ सय लिटरको रहेको छ ।

तर सो नाका भएर आउने सवारी र सामानलाई सेनिटाइज गर्ने कुनै पनि प्रविधि आजसम्म पनि राखिएको छैन । कोरोना भाइरस मानिसबाट मात्र नभइ सवारी तथा सामानहरुबाट पनि सर्न सक्ने सम्भावना रहेकोले यस तर्फ सम्बन्धि निकायले ध्यान कहिले दिने हो त्यो भने हेर्न बाँकी छ । 

गत चैत्र अन्तिममा नै जिल्ला प्रशासन कार्यालयको कमाण्ड पोष्टको बैठकले तराईबाट आउने तरकारी फलफूलमा प्रतिबन्ध लगाउने, खाद्य पदार्थलगायत जिल्ला प्रबेश गर्ने व्यक्तिलाई पनि सेनिटाईज गरेर मात्रै जिल्ला प्रबेश गर्न दिने निर्णय गरिएको थियो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*