हेटौंडा बसपार्कको तरकारी बिक्री केन्द्र बन्द 

हेटौडा न्युज
१३ बैशाख २०७७, शनिबार २१:१४
;

हेटौंडाको बसपार्कमा रहेको तरकारी फलफूलको थोक केन्द्र स्थानियद्वारा बन्द गरीएको छ । कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै हेटौंडा–१० मा रहेको तरकारी विक्री केन्द्र स्थानियहरुद्वारा पुर्ण रुपमा बन्द गरीएको हो । 

मकवानपुरमा बाहिरी जिल्लाबाट आउने तरकारी फलफूललाई निषेध गरेपनि तराई तथा भारतबाट मकवानपुर जिल्ला छिर्ने विभिन्न नाकाबाट लुकीछिपी तरकारी हेटौंडा प्रवेश गरेको पाइएकाले तरकारी बिक्री केन्द्र बन्द गरेको एक स्थानियले बताए । 

प्रशासनले तराई तथा भारतबाट आउने तरकारी फलफूलमा रोक लगाएपछि मकवानपुरको सिमा नाकासम्म राति ल्याउने र त्यहाँबाट अर्को गाडीमा लोड गरेर जिल्लाकै उत्पादन भन्दै बिक्री वितरण गरेको सार्वजनिक भएपछि तरकारीको थोक केन्द्र नै बन्द गरिएको बताईएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*