बर्दियाबाट भारत फर्किएका मजदुरमा कोरोना, गाउँ शिल गरियो 

हेटौडा न्युज
१३ बैशाख २०७७, शनिबार २१:५६
;

बर्दिया जिल्लाबाट भारत फर्किएका दुई मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । कोठियाघाटस्थित क्रसर उद्योगमा काम गर्ने दुई भारतीय मजदुर भारत फर्किए लगत्तै उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । 

भारतमा पुगेपछि कोरोना संक्रमण पुष्टि भएका दुई जना बस्ने बर्दियाको ठाकुरबाबा नगरपालिका–२ को सुजनपुर र खुलपुर गाउँलाई पनि पूर्णरुपले शिल गरि थप सर्तकता अपनाईएको छ । 

उनीहरु यही बैशाख ५ गते भारत फर्किएको र परिक्षण गर्दा उनिहरु दुबैमा कोरोना संक्रमण पुष्टि भएको भारतीय प्रहरीले जनाएको छ ।

भारतीय नागरीकसँगै काम गर्दै आएका क्रसर उद्योगका सबै मजदुरको स्वाब संकलन गरी परिक्षण गर्ने तयारी भईरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*