क्वारेन्टीनमा बसेकामा औलोको संक्रमण देखियो
१३ बैशाख २०७७, शनिबार २२:४८
क्वारेन्टीनमा रहेका केहीमा औलोको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । औंलोको संक्रमण देखिएपछि क्वारेन्टीनको गुणस्तरमा वृद्धी गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका छन् ।
उनले क्वारेन्टीनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ आएको बताएतापनि कहाँको क्वारेन्टाइनमा रहेका कति जनामा औलो संक्रमण देखियो भन्ने खुलाएका छैनन् ।










