राहत माग्ने विद्यार्थीमाथि निर्घात कुटपिट
१३ बैशाख २०७७, शनिबार २३:०२

काठमाडौंको किर्तिपुरमा राहत माग्ने विद्यार्थीमाथि अज्ञात समुहले निर्घात कुटपिट गरेका छन् । विद्यार्थी ललितजंग रावलमाथि सडकमा निर्घात कुटपिट गरिएको हो ।
विद्यार्थीको सुरक्षा र राहत माग्दै सडकमा निस्किएका विद्यार्थीमाथि आक्रमण र विद्यार्थीलाई सडकमा लडाएर टाउकोमा लात्ती प्रहार गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।











