सामजिक दुरि कायम गर्दै लायन्स क्लबको साधारण सभा, अध्यक्षमा बिडारी

हेटौंडा बजार लायन्स क्लबको अध्यक्षमा लायन अजय बिडारी निर्विरोध चयन भएका छन् । क्लबको आज शनिबार भएको साधारण सभाले बिडारिको नेतृत्वमा लायन्स बर्ष २०२०/२१ का लागि नयाँ कार्यसमिती चयन गरेको हो ।
सभाले क्लबको प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रमश लायन अकुर गौतम, लायन लक्ष्मण कडेल र लायन रोशन खनाललाई चयन गरेको छ भने सचिवको जिम्मेवारी लायन खड्ग प्रसाद चौलागाईंलाई प्रदान गरेको छ ।
त्यस्तै क्लबको सह-सचिबमा लायन राजेन्द्र चौलागाईं ,कोशाध्यक्ष्यमा लायन बिश्नु प्रसाद बिडारी, सह-कोसाध्यक्षमा पुर्ण प्रसाद अर्याललाई चयन गरेको छ । क्लबको सल्लाहकारमा मनोज ढुङ्गाना, वसन्त कप्रौला, गङगा पौडेल , बैकुन्ठ लामिछाने, अनुप अग्रवाल, माधव बहादुर पोखरेल, चुडा प्रसाद उप्रेतीलाई जिम्मेवारी दिएको छ ।
क्लबले लायन्सको युवा कार्यक्रम अन्तर्गतको लियो क्लब संयोजकमा भने पारस मनि थिङ लाई चयन गरेको छ । थिङ क्लबको निवर्तमान अध्यक्ष समेत हुन् ।
कोरोनाको महामारीका करणले एक आपसमा सामाजिक दुरि कायम राख्दै हेटौंडा- १५ रातमाटेस्थित एक विद्यालयको खुला मैदानमा क्लबको सभा सम्पन्न भएको थियो ।