जन्मदिनको अवसरमा गिरीले गरिन् "हामी छौं " अभियानलाई सहयोग

हेटौडा न्युज
१४ बैशाख २०७७, आईतवार ०३:२२
;

लायन्स तथा लियो क्लबहरुद्वारा संचालित "हामी छौं " अभियानका लागि हेटौंडाकी जानुका गिरीले २५ हजर रुपैंया सहयोग गरेकी छिन । हेटौंडा-१ चाइना क्वाटर निवासी गिरीले आफ्नो जन्मदिनकि अवसर पारेर हेटौंडाका लायन्स तथा लियो क्लबहरुले संचालन गरेको अभियानलाई सो रकम सहयोग गरेकी हुन ।

गिरीले शनिबार क्लबहरुले अभियान संचालन गरेको स्थान हेटौंडा-१ चौकीटोलमा पुगेर हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने र लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका प्रथम भाइस गभर्नर लायन शम्भु नकर्मीलाई सो रकमको चेक हस्तान्तरण गरेकी हुन ।

लायन्स तथा लियो क्लबहरुको विगत १८ दिन देखि निरन्तर रुपमा जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नाराका साथ उक्त अभियान संचालन गर्दै आएका छ्न ।

यस अभियान अन्तर्गत लायन्स तथा लियो क्लबहरुले लकडाउनको अवधिमा टाढाबाट हिडेर आउने पैदल यात्रु तथा सुरक्षाकर्मीहरुको लागि दैनिक रुपमा खाजा खुवाउने काम गरि रहेको र यस अभियानमा आफू पनि जोडिन चाहेकाले सो रकम सहयोग गरेको गिरीले बताइन् ।

गिरी लायन्स क्लब अफ मकवानपुरको सदस्य पनि हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*