सुलभविरुद्ध ४ वटा मुद्दा, ३ वर्ष कैद हुनसक्ने

कालोबजारी गरेको अभियोगमा पक्राउ परेका जगदम्बा ग्रुपका सुलभ अग्रवालविरुद्ध प्रहरीले ४ वटा कसुरमा मुद्दा चलाउने तयारी गरेको छ । ज्वरो नाप्ने यन्त्र थर्मल गनको कालोबजारी गरेको अभियोगमा पक्राउ परेका अग्रवालविरुद्ध प्रहरीले कालोबजारी, अवैध भण्डारण तथा नाफाखोरी र कृतिम अभाव सिर्जना सहित चार वटा कसुरमा मुद्दा चलाउने तयारी गरेको हो ।
प्रहरीले थप अनुसन्धान गर्ने र सरकारी वकिल कार्यालयले अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मुद्दा दर्ता गर्ने तयारी भएको छ ।
गत चैत २५ गते ६७ थान थर्मल गनसहित पक्राउ परेका थिए । प्रहरीले कुटनीतिक नियोगको गाडीसहित अग्रवाललाई त्यसबेला पक्राउ गरेको थियो। उनले एउटा थर्मल गनलाई १५ हजारसम्ममा बेच्न खोजेका थिए ।
उक्त चार अभियोगमा अग्रवाललाई १५ लाख ७८ हजार रुपैयाँ बिगो र ३ वर्ष कैद गर्ने गरि सजाय दिन माग गरिएको छ । यसअघि नै उनी पक्राउ परेपछि उनको किर्गिस्तानका को दूतको पद खोसिएको थियो ।
उनलाई पक्राउ गर्न प्रहरीले आफैं ग्राहक भएर उनी भएको ठाउँमा पुगेको थियो ।