मेयरले नगरबासी आफै धनी छन् भनेपछि, मेयरकै लागि राहत संकलन 

हेटौडा न्युज
१४ बैशाख २०७७, आईतवार २२:२५
;

कोरोना सन्त्रासमा लकडाउनका कारण विपन्न, मजदूरलाई सरकारले राहत सामग्री वितरण गरिरहेको छ । तर सिरहाको सुखीपुर नगरपालिकाले विपन्नलाई राहत नबाँडेको र मेयरले “नगरबासीहरु नै सबै सक्षम छन्, सबै धनी छन्” भन्ने नगर प्रमुखको भनाई आएकोले सिरहाको सुखीपुर नगरपालिकाका मेयरकै लागि स्थानीयहरुले राहत संकलन शुरु गरेका छन् ।  

कोरोना भाइरस (कोभिड (१९) को कारण सरकारले लगाएको लकडाउनका  १ महिना बढी हुँदासमेत विपन्न समुदायमा आजसम्म राहत वितरण नभएको र राहत माग्न जाँदा तिमीहरु आफै धनी छौं भन्दै बल प्रयोग गरेर पालिकाबाहिर पठाएपछि नगर प्रमुख राम अवतार यादवकै नाममा राहत संकलन गर्न थालेको जनाईएको छ ।

स्थानीयले विरोध स्वरुप प्रत्येक घरले एक मुठी चामल, दाल , आलु, नुन, तरकारी र लत्ताकपडा समेत राहतमा संकलन गरेका छन् । 

संकलित राहत सामग्री नगरपालिकाको कार्यालयमा बुझाएका छन् । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*