पूर्वसचिव उपाध्यायविरुद्ध मुद्दा दर्ता 

हेटौडा न्युज
१४ बैशाख २०७७, आईतवार २२:२८
;

प्रहरीले पूर्वसचिव भीम उपाध्यायविरुद्ध मुद्दा दर्ता गराएको छ । प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपाध्यायविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्धा दर्ता गराएको हो ।

प्रहरीले गत बुधबार उपाध्यायलाई ललितपुर कुसुन्तीस्थित निवासबाटै साइबर क्राइमको अभियोगमा पक्राउ गरेको थियो । उपाध्यायको बयान र थुन छेक बहस भोलि हुने जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले उनलाई ३ दिन हिरासतमा राख्‍न प्रहरीलाई अनुमति दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*