सांसद यादव अपहरण प्रकरणमा प्रहरीले जाहेरी लिन मानेन 

हेटौडा न्युज
१४ बैशाख २०७७, आईतवार २२:३९
;

नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालबिरुद्ध समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अहपरण सम्बन्धमा जाहेरी दिन पुगेका नेताहरुलाई फकाई दिएको छ ।  काठमाडौं प्रहरी परिसरका एसपी र डीएसपीले जाहरी लिने यहाँ होइन महोत्तरी जानुहोस् भनेर नव गठित जनता समाजवादी पार्टीका नेताहरुलाई फकाई दिएको हो ।

महोत्तरीका समाजवादी सांसद सुरेन्द्र यादवको अपहरण गरी काठमाडौँ ल्याएको जाहेरी दिन प्रहरीले अस्वीकार गरेपछि काठमाडौँ प्रहरी परिसरमा प्रहरी अधिकारीहरु र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत नेताहरुबीच चर्काचर्की भएको छ।

पूर्वप्रधानमन्त्री तथा समाजवादी नेता बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरत्‌सिंह भण्डारी, अशोक राईलगायत नेताहरु आफ्नो पार्टीका सांसद डा। सुरेन्द्र यादवको बस्नेत, खनाल र श्रेष्ठलगायतले अपहरण गरी ल्याएको भन्दै जाहेरी दिन प्रहरी परिसर काठमाडौँ पुगेका थिए ।

तर, मुद्दा फाँटका डीएसपी कृष्ण चन्दले घटना महोत्तरीमा भएकाले जाहरी लिने यहाँ होइन महोत्तरी जानुहोस् भन्ने जवाफ दिएर फर्काई दिएको हो । 

नेताहरुले भने लकडाउनका बेला महोत्तरी गएर जाहेरी दिन असम्भव हुने भन्दै जाहेरी लिन आग्रह गरिरहेको बुझिएको छ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका संसदहरु महेश बस्नेत, किसन श्रेष्ठ र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालले समाजवादी पार्टी फुटाउनका लागि सोही पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा। सुरेन्द्र यादवलाई निवासबाटै अपहरण गरेर काठमाडौं ल्याएको जनाता समाजवादीको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*