अमेरिकामा कोरोनाकै कारण ५४ हजारको ज्यान गयो, संक्रमितको संख्या साढे ९ लाख

हेटौडा न्युज
१४ बैशाख २०७७, आईतवार २३:१३
;

संयुक्त राज्य अमेरिकामा दैनिक ३० हजार जना कोरोनाबाट संक्रमित हुँदै आएका छन् । हालसम्म अमेरिकामा कोरोना भाईरस संक्रमितबाट ५४ हजारले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा ९ लाख ६० हजार भन्दा बढी व्यक्ति भाईरसबाट संक्रमित भएको जनाएको छ । अमेरिकामा हिजो शनिबार मात्रै ३५ हजार नयाँ संक्रमित फेला परेका छन् । 

अमेरिकामा कोभिड– १९ को संक्रमणबाट १ लाख १८ हजारभन्दा बढी व्यक्ति पूर्णरूपमा निको समेत भइसकेका छन् ।

अमेरिकामा सबैभन्दा बढी न्युयोर्क सिटी कोरोनाबाट प्रभावित भएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*