बैशाख २५ गते सम्म लकडाउन लम्बियो
सरकारको मन्त्रीपरिषद बैठकले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
आज आइतबार साँझ ५ बजे बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । नेपालमा गत ११ चैतबाट लकडाउन शुरु भएको हो ।
पछिल्लो पटक थपिएको लडाउनको अबधि भोलि वैशाख १५ गतेबाट सकिदैं थियो ।
विगत ३४ दिन देखि नेपाल पुर्ण लकडाउनको अवस्थामा रहेको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले थप १० दिन लकडाउन लब्बाउने निर्णय गरेको हो ।
हालसम्म नेपालमा ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने १६ जना उपचारपछि स्वस्थ भएर घर फर्किसकेका छन् ।
कोरोना सम्बन्धी उच्चस्तरीय समितिको हिजो शनिबार बसेको
बैठकबाट एक साता लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो ।